१८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । सोमबार बैंकले २८ दिन अवधिको ८ अर्ब रुपैयाँ, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिन अवधिको ६० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरी बिल क्रमशः कात्तिक ७ गते, पुस १० गते र चैत १३ गते परिपक्व हुनेछन्।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्नेछ ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १२:२२