कामना सेवा विकास बैकद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

कामना सेवा विकास बैकद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत मिति २०८० असोज ६ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

ट्राफिक प्रहरीहरुलाई वैंकिङ प्रणाली, वचत तथा कर्जा कारोवार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्वन्धमा प्रस्तुतिकरण गरिएको थियो । बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले वचतको महत्व, दैनिक जिवनमा गरिने वचत व्यवहार, कर्जा सम्वन्धी कारोवार, कर्जा अनुशासन तथा डिजिटल बैकिङका महत्व, अवसर र चुनौतीका वारेमा प्रस्तुतिकरण गरेका थिए ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा वोल्दै एसपी आचार्यले दैनिक जिवनमा वचत गनुपर्ने थाहा भएतापनी कसरी वचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिईएकोमा यस साक्षरता कार्यक्रम पश्चात आफ्नो दैनिक जिवनमा वचतको महत्व वुझेर वचत वानीको विकास गर्न ट्राफिक प्रहरीहरुलाई हौशला मिलेको बताए ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आइतबार १२:०३ 24 September, 2023 12:03 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।