सुनचाँदीको मुल्यमा सामान्य बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा सामान्य बृद्धि



काठमाडौं । आइतबार सुनचाँदीको मुल्यमा सामान्य बढोत्तरी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार ११:०६