शुभप्रवा सहकारीको १४औं साधारण सभा सम्पन्न, ५४.७४ प्रतिशतले बढ्यो सञ्चालन मुनाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शुभप्रवा सहकारीको १४औं साधारण सभा सम्पन्न, ५४.७४ प्रतिशतले बढ्यो सञ्चालन मुनाफा



काठमाडौं । चावहिलमा प्रधान कार्यालय र सदस्य सेवा केन्द्र न्यूरोडमा रहेको शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विदुर बस्नेतको सभापतित्व एवं पूर्व अर्थमन्त्री डा युवराज खतिवडाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रमख कार्यकारी निर्देशकको प्रतिवेदन फडिन्द्र कुमार खड्काले प्रस्तुत गरेका थिए । त्यस्तै लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक सुन्दर खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले सदस्यहरुको साथ, सहयोग, माया र विश्वासले संस्थाको वित्तीय सुचांकहरुलाई थप मजबुद बनाउन संस्था सफल भएको बताए । संस्थाको वित्तीय कारोबारलाई वृद्धिभन्दा गुणात्मक विकास गरी आन्तरिक व्यवस्थाहरुलाई मजबुद बनाउँदै गलिएको बताए ।

आर्थिक वर्ष २०७९/८०मा संस्थाको सेयर पुँजी ८ करोड ९३ लाख ५४ हजार कायम भएको खड्काले बताए । अघिल्लो वर्ष संस्थाको सेयर पुँजी ८ करोढ ८७ लाख थियो ।

त्यस्तै आर्थिक वर्ष २०७९/८०मा संस्थाले निक्षेप संकलन ४८ करोड ८९ लाख ९६ हजार, कर्जा लगानी ५४ करोड ६६ लाख, कुल आम्दानी ११ करोड ३१ लाख र कुल खर्च १० करोड २९ लाख रुपैयाँ रहेको छ । संस्थाले यस आवमा १ करोड ६६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा अघिल्लो वर्षको तुलनामा ५४.७४ प्रतिशतले बढी हो । संस्थाको कुल सम्पत्ती तथा दायित्व ७४ करोड २५ लाख ९४ हजार रुपैयाँ रहेको छ।

साधारण सभामा प्रस्तुत प्रतिवेदन उपर छलफलगरी पारित गरेको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १०:५५