चन्द्रागिरि साकाेसमा २७.८६ प्रतिशत तरलता, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चन्द्रागिरि साकाेसमा २७.८६ प्रतिशत तरलता, अन्य सूचक कस्ताे ?



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले भदौ महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले दुई अर्ब १४ करोड ८७ लाख ५ हजार रुपैंया लगानी गरेको छ ।

यस अवधिसम्म संस्थाले १९ करोड ३१ लाख २१ हजार रुपैया सेयर पूजी तथा दुई अर्ब ६६ करोड १७ लाख ३२ हजार रुपैया बचत संकलन गरेको जनाएको छ ।

१० करोड ८० लाख ३ हजार रुपैया कूल संस्थागत पूँजी तथा तीन अर्ब २३ करोड ६९ लाख २० हजार रुपैया कूल सम्पत्ति रहेको जनाएको छ ।

संस्थाले प्रकाशन गरेको भदौको विवरण अनुसार जगेडा कोषमा आठ करोड ३९ लाख ७१हजार रुपैया तथा सात करोड ८४ लाख ३५ हजार रुपैयाँ अन्य कोषमा रहेको जनाइएको छ ।

संस्थामा भदौ मसान्तसम्म २७.८६ प्रतिशत अर्थात ७४ करोड १४ लाख ७९ हजार रुपैया तरलता रहेको जनाएको छ ।

१७ हजार ९४३ जना सदस्य रहेको संस्थामा दुई हजार २१० जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार १६:५६