पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा २५ प्रतिशत तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा २५ प्रतिशत तरलता



काठमाडौं । पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा तरलता २५ प्रतिशत रहेको छ। संस्थाको चालु आर्थिक बर्षको भदौ मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

त्यस्तै, भदौ मसान्तसम्म संस्थाको सेयर पुँजी नौ करोड ५४ लाख ६ हजार रहेको छ भने कुल बचत ६३ करोड ९१ लाख ४० हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा सात करोड ५२ लाख ३१ हजार रुपैंया रहेको छ ।

संस्थाको लगानीमा रहेको कर्जा ९० करोड २७ लाख ७४ हजार रुपैंया भन्दा बढी रहेको छ । कुल संस्थागत पुँजी भने २६ करोड ३३ लाख ८८ हजार रहेको छ ।

यस अवधिमा संस्थाको कुल सम्पती एक अर्ब १९ करोड ९४ लाख ६६ हजार भन्दा बढी रहेको छ । संस्थामा चार हजार १४२ सदस्य आवद्ध छन् भने एक हजार ६५ जना कुल ऋणी सदस्य रहेका छन् ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार १६:१७