पाँचवटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, सबैभन्दा बढी दिनेमा एनआईसी एशिया बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पाँचवटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, सबैभन्दा बढी दिनेमा एनआईसी एशिया बैंक



काठमाडों । चालु आर्थिक वर्ष सुरु भएसँगै लाभांशको सिजन चलिसकेको छ । योसँगै नेप्सेमा सूचिकृत विभिन्न कम्पनीले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

जसमध्ये ५ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन्। लाभांश प्रस्ताव गर्नेहरुमा एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र एनआईसी एशिया बैंक छन्।

त्यस्तै, एभरेष्ट बैंकको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सानिमा बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सिटिजन्स बैंकले ५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, माछापुच्छ्रे बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यस्तै, एनआईसी एशिया बैंकको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

यी लाभांश घोषणा गरेका बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले भने साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति समेत तय गरिसकेको छ ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार १६:००