एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा पौडेल नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको शुक्रबार बिहान बसेकोे बैठकले पौडेललाई कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो।

पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए। यसअघि संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहेका थिए।

सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजीनामा स्वीकृत भएपश्चात पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन्।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार १२:५३ 22 September, 2023 12:53 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।