सुनको मुल्य तोलामा ४०० रुपैयाँले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ४०० रुपैयाँले घट्याे



काठमाडौं । केहिदिनदेखि सुनको मुल्य निरन्तर ओरालो लागेको छ। शुक्रबार पनि सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको मु्ल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले बढेर तोलाको १४ सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार ११:५१