पुँजीबजारमा देखिएका समस्या समाधान हुन्छः अर्थसचिव पुष्कर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुँजीबजारमा देखिएका समस्या समाधान हुन्छः अर्थसचिव पुष्कर



काठमाडाैं । अर्थ मन्त्रालयका नव नियुक्त सचिव कृष्णहरि पुष्करले पुँजीबजारमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्दता जनाएका छन् । कार्यभार सम्हालेपछि सम्क्षिप्त मन्तब्य राख्दै अर्थतन्त्रका चुनौतीलाई लडेर भिडेर समाधान गर्ने, सबै क्षेत्रसँग सहकार्य गर्दै बजेट कार्यान्वयनमा लागि पर्ने र क्यापिटल मार्केटका समस्या व्यवस्थापन गर्ने प्रतिवद्दता जनाएका हुन्।

उनी यस अघि पनि अर्थ मन्त्रालयको सचिव भईसकेका छन् । उनी २०७९ साउनमा अर्थ सचिव बनेका थिए । बजेट विवादमा अर्थसचिव मधु मरासिनीको सरूवा भएपछि २०७९ साउनमा कृष्णहरि पुष्करलाई अर्थसचिव बनेका थिए। तर २०७९ पुसमा सरुवा भएका थिए। त्यसपछि तोयम राया अर्थ सचिव बनेका थिए ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन्। उनलाई राजस्व सचिव डा. राम प्रसाद घिमिरे लगायत मन्त्रालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रकाशित : ४ आश्विन २०८०, बिहीबार १५:१६