सुयोग्य सहकारीले १० प्रतिशत लाभांस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सुयोग्य सहकारीले १० प्रतिशत लाभांस दिने



काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले सदस्इलाई १० प्रतिशत लाभांस बितरण गर्ने भएको छ ।

संस्थाको बुधबार सम्पन्न १६ औं वार्षिक साधारण सभामा प्रस्तुत सदस्यलाई १० प्रतिशत लाभांस बितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।

सभामा संस्थाकी अध्यक्ष पमी न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक प्रकाश रेग्मीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आव २०७९ / ८० को प्रतिवेदन र २०८० / ८१ को वार्षिक कार्यक्रम तथा वजेट पारित गरेको थियो । सभाले सदस्यको कारोबारका आधारमा संरक्षित पूजी फिर्ता कोषको रकम समेत वितरण गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालको प्रमुख आतित्थ्यता रहेको थियो । प्रमुख अतिथि बडालले अर्थतन्त्रमा संकुचनसंगै केही सहकारीमा देखिएको समस्यालाई लिएर सहकारी अभियानप्रति नै अविश्वास सिर्जना गर्ने कार्य भएको बताए ।

उनले आर्थिक संकुचनले सहकारीमा समेत प्रभाव पारेको समयमा सहकारी सदस्य केन्द्रीत भई कार्य गर्नु पर्ने बताए । कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमीरे, वडा सदस्य हिरादेवी पोखरेलले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा संस्थाकी सल्लाहकार तथा राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांग सुब्बाले सदस्य हितमा केन्द्रित सेवा प्रवाहले सुयोग्य साकोसले सदैव सदस्यहरुको मन जित्न सफल रहेको वताइन् । सभामा ९ सय १८ जना सदस्य अर्थात कुल सदस्य संख्याको ६४ प्रतिशत उपस्थिती रहेको जनाइएको छ ।

प्रकाशित : ४ आश्विन २०८०, बिहीबार ०८:१६