महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी पाँच संस्थाका सेवाहरुमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी पाँच संस्थाका सेवाहरुमा विशेष छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थाहरुसँग छुट सम्बन्धी समझौता गरेकोछ । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग छुट सम्झौता गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार ०७:४०