कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक रेष्टुरेण्टमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक रेष्टुरेण्टमा विशेष छुट



काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप लिमिटेडबीच असोज २ गते मर्चेन्ट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका –३० ज्ञानेश्वर स्थित एटिक रेष्टुरेण्टले प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार ०७:२८