सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । असोज १ गतेदेखि लागु हुनेगरी कम्पनीले शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब क्यापिटलले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत नेएनआईएमबि एस क्यापिटल लिमिटेडले पुरा गरेको हो ।

प्रकाशित : २ आश्विन २०८०, मंगलवार ११:५३