बालकुमारी सहकारीद्वारा स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बालकुमारी सहकारीद्वारा स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना



काठमाडाै । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले २४ औं स्थापना दिवसको अवसरमा रक्तदान गरेको हो । मध्यपुर थिमि–४ शंखधर चोकमा आयोजना भएकाे रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ ।

रक्तदाताहरुलाई संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले प्रमाणपत्र र टिसर्ट प्रदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको अध्यक्ष श्रेष्ठले बताए । सो अवसरमा ८३ जना पुरुष र २१ जना महिलाले रक्तदान गरेका थिए । संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक बर्ष रक्तदान गर्दै आएको छ । २०५७ सालमा स्थापना भएको उक्त संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणको लागि उल्लेख भूमिका खेल्दै आएको छ ।

संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठका अनुसार संस्थाले गत साउन मसान्तसम्म १३ करोड ५० लाख ८६ हजार शेयर पुँजी, ६ करोड ९ लाख ७७ हजार जगेडा कोष र १ अर्ब ९२ करोड ६३ लाख ५० हजार कूल कारोबार गरेको छ । त्यसैगरी १ अर्ब ५९ करोड ७८ लाख १९ हजार बचत संकलन गरी संस्थाले १ अबै ३४ करोड ९४ लाख ८९ हजार रहेको छ । संस्थामा ५ हजार ५३८ जना सदस्य आवद्ध रहेका छन् ।

प्रकाशित : ३१ भाद्र २०८०, आईतवार १७:५७