साउनमा १० अर्ब ४० करोड बराबरको आईपीओ सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

साउनमा १० अर्ब ४० करोड बराबरको आईपीओ सूचीकृत



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को एक महिना अर्थात साउनमा १० अर्ब ४० करोड बराबरको आईपीओ सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा रु.८० करोड ३२ लाख बराबरको बोनस शेयर समेत गरी कुल ११ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १ अर्ब ६७ करोड बराबरको साधारण शेयर सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : ३१ भाद्र २०८०, आईतवार १७:४३