आईपीओ निष्काशनको अनुमति माग्दै २ कम्पनी बोर्डमा, कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईपीओ निष्काशनको अनुमति माग्दै २ कम्पनी बोर्डमा, कुन कम्पनीको कति ?



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र सान्भि इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। हिमालयन रि इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा ३ करोड कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै, सान्भि इनर्जी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति मागेको हो। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रकाशित : ३१ भाद्र २०८०, आईतवार १३:४१