१९ वाणिज्य बैंकहरुले प्रकाशित गरे असोज महिनाको लागि नयाँ ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१९ वाणिज्य बैंकहरुले प्रकाशित गरे असोज महिनाको लागि नयाँ ब्याजदर



काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक नयाँ ब्याजदर अनुसार केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्।

हालसम्म असोजका लागि १९ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुदद्दति निक्षेपमा ८ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटेका छ । यता, ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यसमध्ये, हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन्। सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ। यी दुई बैंकले क्रमशः १.०६४ र १.०५४ प्रतिशतविन्दु ब्याजदर बढाएका छन्। यी दुबै बैंकहरुको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत रहेको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले दिने भएको छ । यस बैंकले ११.३६ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

त्यस्तै, सानिमा बैंक, ग्लोबल आइएमई, कृषि विकास बैंक, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ ।

प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् ।

प्रकाशित : ३१ भाद्र २०८०, आईतवार ११:५२