सिटिजन्स बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको लाभांश घोषणा



काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घाेषणा गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बिहान १० बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०८० असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : ३१ भाद्र २०८०, आईतवार १०:४९