१३ कम्पनीको २ अर्ब ७९ करोड बराबरकाे आइपिओ पाइपलाइनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

१३ कम्पनीको २ अर्ब ७९ करोड बराबरकाे आइपिओ पाइपलाइनमा



काठमाडौं । आइपिओ निष्कासनका लागि विभिन्न १३ वटा कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीले २ अर्ब ७९ करोड ६९ लाख ८४ हजार ४०० रुपैयाँ बराबरको ३ करोड ११ लाख ४० हजार ४८४ कित्ता सेयर आइपिओ जारी गर्न आवेदन दिएका हुन्।

पाइपलाइनमा रहेका १३ कम्पनीमध्ये २ कम्पनिले बुक बिल्डिङ विधि र बाँकी ११ वटाले अंकित मूल्यमा सेयर निष्कासन गर्ने निर्णय गरेका छन ।

आबेदन दिएकामध्ये रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आइपिओ निस्कासन गर्ने तयारी गरेका छन ।

रिलायन्स स्पिनिङ मिल्सले प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्मको रेन्जमा ७ लाख ७० हजार ६४० कित्ता संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारी गरेका छ । यस्तै, सर्वोत्तम सिमेन्ट प्रतिकित्ता ५०१ देखि ७५१ रुपैयाँसम्मको रेन्जमा २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारी गरेको छ । उत्पादन तथा प्रशोधन समूहमा पर्ने दुवै कम्पनीले ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ निष्कासन गर्न लागेका छन् ।

दुवै कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत सेयर निष्कासन गर्नेछन् । यि दुवै कम्पनीले ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सेर्वसाधारणका लागि आइपिओ निष्कासन गर्नु पर्नेछ ।

बाँकी सबै कम्पनिले अङ्कित मुल्य रु १०० मा आइपिओ निस्कासन गर्ने तयारी गरेका हुन । यी दुवै कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । यस्तै एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँको ७ लाख ६ हजार ९०९ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल वेयर हाउजिङ कम्पनीले १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासनको तयारी गरेको छ । आईपीओ निष्कानका लागि बोर्डमा आवेदनदिएको कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा छ । बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । सानिमा हाइड्रोपावरले १४ करोड ७० लाख रुपैयाँको १४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित र सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कान्तिपुर टेलिभिजन नेटवर्कले ७ करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

डिसहोम मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आईएमई लिमिटेडले १० करोड रुपैयाँको १० लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

दरमखोला हाइड्रो इनर्जी कम्पनीले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

त्यस्तै अर्काे रहेको छ भुजुङ्ग हाइड्रोपावरले १४ करोड ५५ लाख रुपैंयाको १४ लाख ५५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएर पाइपलाइनमा रहेका कम्पनीहरुले सर्वसाधारणका लागि निष्कासन गरेको सेयरबाट वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत सेयर छुट्याउने गरिएको छ ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार १४:४८