तोलामा ६०० रुपैयाँले बढ्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ६०० रुपैयाँले बढ्याे सुनकाे मुल्य



काठमाडौं । सुनको मुल्य आज तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख ११ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १० हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार १२:०८