प्रभु क्यापिटलले कर सहित ६.३१५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु क्यापिटलले कर सहित ६.३१५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । प्रभु क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । क्यापिटलले कर सहित ६.३१५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न क्यापिटलले साधारण सभा पनि बोलाएको छ । सभा असोज १९ गते अरण्य बुटिक होटल एन्ड रेस्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार ११:३८