काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश दिने घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
Comment