विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै सरकार



काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले भदौ २९ गते शुक्रबार बोलकबोल मार्फत विकास ऋणपत्र जारी गरी ६ वर्षका लागि ९ अर्ब ४ करोड आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिइएको उक्त ऋणपत्र निष्कासन ३१ भदौमा हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।

ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ भने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशतले हुने ७ अर्ब ६८ करोड ४० लाख र १ अर्ब ३५ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ ।

प्रकाशित : २८ भाद्र २०८०, बिहीबार १५:५९