सार्वजनिक बिदा भएकाले मिड सोलुको आइपीओ शुक्रबारदेखि निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सार्वजनिक बिदा भएकाले मिड सोलुको आइपीओ शुक्रबारदेखि निष्काशन



काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भोलिदेखि मात्रै आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आजदेखि नै आइपीओ बिक्रीमा ल्याउने तयारी गरेको भएपनि बिहीबार सार्वजनिक बिदा परेकोले भदौ २९ गते शुक्रबारदेखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

प्रकाशित : २८ भाद्र २०८०, बिहीबार १४:०२