नेपाल पुनर्बिमा कम्पनीले सार्वजनिक गर्‍याे तेस्रो त्रैमाससम्मको वित्तीय विवरण, कस्ताे छ वित्तीय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पुनर्बिमा कम्पनीले सार्वजनिक गर्‍याे तेस्रो त्रैमाससम्मको वित्तीय विवरण, कस्ताे छ वित्तीय अवस्था ?



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्म आइपुग्दा निर्जीवन बिमा व्यवसायतर्फ खुद नाफा घटेर ५२ करोड ९० लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।

यस्तो नाफा अघिल्लो वर्ष ६० करोड २१ लाख १७ हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायतर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेकोमा गत वर्षको तेस्रो त्रैमास अर्थात च९ैतमसान्त०सम्ममा ६ करोड ७१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, गत वर्ष चैत ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रुपैयाँ र जीवन बिमातर्फ ६० करोड २५ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ ।

निर्जीवन बिमा कोषको आकार ३ अर्ब २८ करोड ५४ लाख ४७ हजार रुपैयाँ रहेको छ भने तेस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित : २८ भाद्र २०८०, बिहीबार ०८:५९