रिलायबल नेपाल लाइफको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेप्सेमा बुधबार सेयर सूचीकृत भएसंगै सेयर बजार बिहीबार र शुक्रबार बन्द रहने भएकोले अब यो कम्पनीको सेयर आइतबारबाट मात्र कारोबारमा आउने भएको हो।

नेप्सेमा रिलायबल लाइफको कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता सेयर रहेको छ।

नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँ र अधिकतममा ४८६.८७ रुपैयाँ तोकेको छ। आउँदो आइतबार प्रि–ओपसन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबार खुल्नेछ।

रिलायबल नेपाल लाइफले नेप्सेबाट ‘आरएनएलआई’ कारोबार संकेत पाएको छ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार १३:३८