काठमाडौं १० फागुन । कला र कौशल हम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने मूल नारा साथ मिति २०७३ फल्गुन ११ गते देखि फाल्गुण १९ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाडौंको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा छैठौं बृहत राष्टिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुन गइरहेको छ । नेपाली साना घरेलु तथा लघु उद्योेगहरुलाई बैज्ञानिक रुपले आधुनीकरण गर्दै भविष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउँदै राष्टिय अर्थतन्त्रमा परिवर्तन ल्याउने लक्ष्य रहेको अध्यक्ष जिवन नेपालिले जानकारी गराएका छन । मेलामा करीब ५० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ ।
जुत्ताका सौखिन पारखीहरु, आम सचेत उपभोक्ताहरु, जुत्ताको कच्चा पदार्थका आपूर्ति कर्ताहरु तथा खरीद कर्ताहरु लाई लक्षित गरिएको मेला संयोजक राजेश बिशंखेले जानकारी गराउनु भएको छ । त्यसै गरी मेलामा प्रतिष्ठीत ब्रान्डका गुणस्तरीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गर्ने । पछिल्ला उत्पादनहरु भन्दा नितान्त तथा नयाँ मोडलका आधुनिक छालाजन्य वस्तु प्रर्दशन गर्ने, बिक्रि बितरणमा ६ महिना वारेन्टी तथा १५ देखि २५ सम्म छुट दिने महासचिव बासु नेपालीले जानकारी दिए ।
गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ । मेलामा न्युनतम् देखि उच्चतम् मुल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आर्कषक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरु उपलब्ध गराइने छ । नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध उद्योगहरुको बिषेश प्रर्दशनी कक्षको पनि ब्यबस्था गरीने छ ।
Comment