दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार रकम पनि खुम्चियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार रकम पनि खुम्चियाे



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज बजार १९.४२ अंकले घटेर परिसूचक १९६७.५७ बिन्दुमा झरेको हो ।

२७६ कम्पनीको २९ लाख १६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज सबै समूहको उपसूचक राताम्मे भएका छन् । जसमा बैंकिङ समूहको उपसूचक ५.४७, विकास बैंक ५४.०९, वित्त ३२.८९, होटल ११०.८७, जलविद्युत ३१.२७, जीवन बिमा १०८.२९, निर्जीबन बिमा १४९.४०, माइक्रोफाइनान्स ५०.५६, उत्पादन तथा प्रशोधन ५६.०१ अंकले घटेको छ ।

कारोबारमा शुभम् पावर लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस्तै आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयरमुल्यमा भने नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

कारोबार रकमका आधारमा नेपाल एसबीआई बैंक आज अग्रस्थानमा रहेको छ । कम्पनीको सात करोड ५६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलवार १५:२०