इटहरीमा हिमालयन बैंकको आफ्नै भवनमा शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इटहरीमा हिमालयन बैंकको आफ्नै भवनमा शाखा



काठमाडौं, १० फागुन । हिमालयन बैंक लिमिटेडले इटहरीमा आफ्नै भवनमा शाखा कार्यालयको स्थापना गरेको छ । सोमबार एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बैंकको नव निर्मित इटहरी शाखा कार्यालय भवनको उद्धघाटन गरे ।

उद्धघाटन समारोहमा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष लीलम बस्नेत, इटहरी इलाका प्रहरी कार्यालय प्रमुख नरेश सुवेदी लगायत स्थानीय व्यापारीहरु, बुद्घिजीवीहरु, लब्धप्रतिष्ठित व्यक्तिहरु, पत्रकार, बैंक संचालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारीहरु तथा कर्मचारीहरुको पनि उपस्थिति थियो ।

समारोहमा बेैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर ज.ब.रा. ले स्वागत मन्तब्य राखे । सो अवसरमा बेैंकका सञ्चालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले इटहरीमा बैंकको आफ्नै शाखा कार्यालय भवनको समुद्घाटन गर्न पाउँदा आफूलाई खुशी लागेको र यो सम्पूर्ण सरोकारवालाहरुको लागि पनि खुशीको विषय भएको बताए ।

बैंकले यस नवनिर्मित शााखा भवनवाट ग्राहकहरुलाई लकर सेवा समेत आफ्ना सम्पूर्ण बैंकि¨ सेवा तथा सुविधाहरु उपलब्ध गराउने छ ।

प्रकाशित : १० फाल्गुन २०७३, मंगलवार ०५:४७