लुम्बिनी सुनवल साकोसको एकदिने नि:शुल्क स्वास्थ्य शिबिर , १२ सयले लिए सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

लुम्बिनी सुनवल साकोसको एकदिने नि:शुल्क स्वास्थ्य शिबिर , १२ सयले लिए सेवा



नवलपरासी। सुनवल १२ भुमहि नवलपरासी स्थित लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी सस्था लि.ले एकदिने नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । संस्थाले शनिबार आयोजना गरेको शिविरमा करिब १२०० जनाले स्वास्थ जाच गरेका हुन ।

सस्थाको प्रधान कार्यालयमा मेडिटेक ईन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर बुटवलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा . आरति श्रेष्ठ र फिजिसिएन डा. शम्भु खनालद्वारा ३९५ र मुख्य सेवा केन्द्र सुनवलमा गौतम बुद्ध सामुदायिक मुटु हस्पिटल बुटवलका मुटुरोग,मिर्गौला रोग र फिजिसिएन डाक्टरहरु बाट ८१० जनाले स्वास्थ चेक जाच गरेका थिए ।

२०५६ सालमा स्थापना भएका लुम्बिनी बचत तथा ऋण सस्था र सुनवल बहुउद्देश्यीय सस्था मिति २०७६ मा एकीकरण भै सस्थाको प्रधान कार्यालय भुमहि ,मुख्य सेवा केन्द्र सुनवल,हातेमालो सेवा केन्द्र बडेरा र अस्नैया सेवा केन्द्र गरि करिब ८००० जना शेयर सदस्यहरुलाई सेवा दिदै आईरहेको छ ।

नेफ्स्कून लुम्बिनी प्रदेश उत्कृष्ट साकोसमा नवलपरासी पश्चिमको लुम्बिनी सुनवल साकोस घोषित भएको संस्था हो । १० करोड ६२ लाख शेयर पुँजी रहेको संस्थाले २०८० जेठसम्म ७६ करोड ७५ लाख निक्षेप संकलन गरी ७६ करोड ९५ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

२०५६ सालमा स्थापना भएको सहकारीमा सदस्य संख्या ८ हजार रहेको छ । एक्सेस ब्राडिङ कार्यक्रममा आवद्ध रहेको सहकारीमा हाल कुल सम्पत्ति : १ अर्व ३ करोड र संस्थागत पुँजी ५.६० प्रतिशत रहेको छ ।

प्रकाशित : २४ भाद्र २०८०, आईतवार १६:३२