सानिमा इक्विटी फण्डको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा इक्विटी फण्डको लाभांश घोषणा



काठमाडाैं । सानिमा म्यूचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित १८ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।

योजनाको आकार १ अर्ब ३० करोड रहेकोमा फण्डले १८ प्रतिशतले हुन आउने २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश बितरण गर्ने भएको हो ।

सानिमा क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सानिमा इक्विटी फण्डको आ.व.२०७९/८० को लाभांश घोषणा गरेको हो। क्यापिटलको भदौ २२ गते बसेको सञ्चालक समितिको बैंठकले प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

लाभांश बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ ।

प्रकाशित : २४ भाद्र २०८०, आईतवार १२:०२