एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपयाँ सहयोग प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपयाँ सहयोग प्रदान



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ । यो आश्रमले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन लगायतका क्षेत्रमा काम गर्दै आईरहेको छ ।

बैंकले गोरखामा आयेजित एक विशेष कार्यक्रम बीच मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गरे । आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्नुका साथै बैंकप्रति कृतज्ञता समेत प्रकट गरिन् ।

सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो ।

यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार ०७:११