सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बिहीबार सुनचाँदीकाे मुल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि बुधबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार ११:५८