सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टकाे आईपीओ निष्कासन, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टकाे आईपीओ निष्कासन, कति दिने आवेदन ?



काठमाडौं । हाथवे इन्भेष्टमेन्टले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

जसमा कम्पनीले ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ता सर्वसाधारणलाई निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सी आश्वा सदस्य भएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।रेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार १०:२१