एकैपटक ५८ सहसचिवको सरुवा, को कहाँ पुगे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

एकैपटक ५८ सहसचिवको सरुवा, को कहाँ पुगे ?



काठमाडौ । सरकारले एकै साथ ५८ जना सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा भएको छ । मन्त्रिपरिषद बैठकले ५८ जना सहसचिवहरुलाई संघ, प्रदेश र स्थानीय तहहरुमा नयाँ जिम्मेवारी तोकेको हो ।

संघीय मामिला मन्त्रालयका सहसचिवहरु बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला मन्त्रालयमा सहसचिवहरु सुमन दाहाल र डा. नारायणप्रसाद रेग्मी आएका छन् ।

होमप्रसाद लुइँटेलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएको छ । उमेश ढुंगानाको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट लुम्बिनी प्रदेशको उद्योग तथा पर्याटन मन्त्रालयमा सरुवा भएको छ । खरिद अनुगमन कार्यालयमा विष्णुप्रसाद शर्मालाई ल्याइएको छ ।

रामहरी ज्ञवालीलाई लुम्बिनीको उद्योग मन्त्रालयबाट राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । यसैगरी दिवश आचार्यलाई राष्ट्रिय सूचना आयोगबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलवार १७:१८