नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने भारत सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने भारत सरकारको निर्णय



काठमाडौं । भारत सरकारको मन्त्रिपरिषद्‌ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतले नेपालबाट विद्युत खरिद गर्न उक्त प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा. शंकप्रसाद शर्माले जानकारी गराएका छन् ।

भारत सरकारले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा भारत भ्रमणका क्रममा विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । प्रधामन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए । उक्त घोषणा त्यहाँको सरकारले स्वीकृत गरेको छ ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलवार १४:४४