महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट



काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवाप्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। उक्त संस्थाहरु र प्राप्तगर्न सकिने छुट निम्नलिखितछन्ः
संस्थाको नाम ठेगाना सेवाहरु छुट

सस्थाकाे नामठेगानासेवाहरु छुट
  Nava Jiwan Hospital Pvt. Ltd.  जनकपुरधाम-९, जनकपुरHospital Service१५ प्रतिशत
Pharmacy७ प्रतिशत
Other test२० प्रतिशत
Customized Health Packageरु‍. २०००
Crown’s Collectionहेटाै‌डा – ४, मकवानपुरWomen Accessories१० प्रतिशत
New Busy Beansसिद्दार्थनगर- ५, भैरहवाFood & Beverage१० प्रतिशत
Manahari Hair & Beauty Unisex Salonमनहरी- ७, मकवानपुरBeauty Service१० प्रतिशत
Hook Hospitality Pvt. Ltd.काेटेश्वर -३२, काठमान्डाै‌Food & Beverage१० प्रतिशत

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटलयुगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलवार ११:१८