चन्द्रागिरि साकोस र ओमन्स क्रियशन साकोसबीच एकीकरण सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

चन्द्रागिरि साकोस र ओमन्स क्रियशन साकोसबीच एकीकरण सम्झौता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । चन्द्रगिरि नगरपालिकामा रहेको चन्द्रागिरि वचत तथा ऋण सहकारी संस्था लि. र बुढानिलकण्ठमा रहेको ओमन्स क्रियशन बचत तथा ऋण सहकारी संस्थाबीच संस्था एकीकरण गर्ने÷गाभ्ने सम्बन्धी सम्झौता भएको छ ।

दुवै संस्थाहरु सहकारी ऐन, नियमावली तथा सहकारीका नियमनकारी निकायले निर्देशन गरे अनुसार आ–आफ्नो कार्यक्षेत्र भित्र आ–आफ्नो विनियम बमोजिम सहकारीताको सिद्धान्त र मूल्य बमोजिम संचालन हुँदै आएका संस्थाहरु हुन् ।

हालको बदलिँदो परिस्थितिमा सहकारी अभियानलाई थप सार्थक बनाउँदै सदस्यहरुलाई व्यवस्थित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नको लागि दुई संस्थालाई एउटै संस्था बनाई एकीकृत सेवा सञ्चालन गर्नको लागि यो एकीकरण गर्न लागिएको हो ।

एकीकरण गर्नको लागि दुवै संस्थाको संचालक समितिबाट नीतिगत सहमतीको निर्णय बमोजिम अख्तियार प्राप्त भएपछी सोमबार सो सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको हो अब दुवै संस्थाका साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भईसकपेछी हाल ओमन्स क्रियशन साकोसको कार्यालय भएको स्थानमा ओमन्स क्रियशन सेवा केन्द्र मार्फत एकीकृत सेवा सञ्चालन हुनेछ ।

प्रकाशित : १८ भदौ २०८०, सोमबार १८:३३ 4 September, 2023 6:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।