स्टार माइक्रो इन्स्योरेन्स सीईओमा विश्व तिमिला नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्टार माइक्रो इन्स्योरेन्स सीईओमा विश्व तिमिला नियुक्त



काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स (लघुबीमा) कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन् । बीमा क्षेत्रमा लामो समय अनुभव संगालेका तिमिलाले नयाँ लघुबीमा कम्पनीको व्यवस्थापनको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।

यसअघि उनी प्रिमियर इन्स्योरेन्स कम्पनीको सीईओ थिए । ओरियन्ट इन्स्योरेन्सको बजार अधिकृतबाट बीमा क्षेत्रको यात्रा सुरु गरेका तिमिलाले लामो सयमसम्म नेको इन्स्योरेन्स कम्पनीको पनि नेतृत्व सम्हालेका थिए ।

बीमा क्षेत्रमा चार दशक बिताएका उनले जनकपुर मुख्यालय रहेर प्रदेश २ क्षेत्रमा बीमा व्यवसाय अघि बढाउने छन् ।

प्रकाशित : १८ भाद्र २०८०, सोमबार १७:२६