७.०४ अंकले उकालाे लाग्याे सेयर बजार, काराेबार रकम भने सकेन बढ्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

७.०४ अंकले उकालाे लाग्याे सेयर बजार, काराेबार रकम भने सकेन बढ्न



काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार उकालो लागेको छ। आज बजार ७.०४ अंकले बढेर परिसूचक १९६७.८३ को विन्दुमा उक्लिएको हो।

आज कारोबार भएका २७० कम्पनीको ३४ लाख ३२ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ९ करोड ९१ लाख ३९ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २८ लाख ८४ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

आज बजार बढ्दा बैंकिङ समूह १.९८, विकास बैंक १६.२६, होटल समूहमा २९.८५, जलविद्युत समूहमा १६.३९, जीबन बीमा समूहको ५५.९२, निर्जीबन बीमा समूह ३२.७८, उत्पादन तथा प्रशोधन समूहमा ६.५६, टेड्रिङ समूह ३०.५२ र अन्य समूह ६.७३ अंक बढेको छ । त्यस्तै, वित्त समूहको उपसूचकमा भने ०.४४ अंकको गिरावट आएको छ।

कारोबारमा थ्री स्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनी, ग्रिनभेन्चर लिमिटेडको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने रुरु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तिय संस्था, अप्पर स्याङ्‍गे हाइड्रोपावरको सेयरमुल्य पनि उच्च अंकले बढेको छ । आज लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित : १८ भाद्र २०८०, सोमबार १५:२२