देशको अर्थतन्त्र चलायमान बनाउन बैंकको ब्याजदर घटाउनु पर्छ : पूर्व अर्थमन्त्री पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

देशको अर्थतन्त्र चलायमान बनाउन बैंकको ब्याजदर घटाउनु पर्छ : पूर्व अर्थमन्त्री पाण्डे



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउनको लागि बैंकको ब्याजदर घटाउनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले देशको वर्तमान अर्थतन्त्रको विषयमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले यस्तो बताएका हुन् ।

उनले भने, ‘ब्याज घटेन भने उत्पादन बढ्न सक्दैन । ब्याज नघटी हुँदैन ।’ बैंकले एउटा क्षेत्रको लागि लगानी गरेको कर्जा अर्को क्षेत्रमा प्रयोग गर्ने अवस्था देखिएमा नगदमा कारोबार हुने व्यवस्था गर्नुपर्ने पूर्व अर्थमन्त्री पाण्डेले बताए ।

पछिल्ला दिनहरुमा सरकारको राजश्व कम भइरहेको भन्दै उनले यस्तै अवस्था रहे अर्को वर्ष निर्माण ठप्प हुन सक्ने बताए । अहिलेको सरकारले अर्थतन्त्रका गम्भीर विषयलाई सम्बोधन नगरेर देशलाई आर्थिक संकटतर्फ लगेको छ, उनले भने ।’

साथै, उनले सेयर बजार सुधारको लागि १२ करोडको सीमा हटाउनुपर्ने पनि बताएका छन् । उक्त सीमा हटाउँदा बजार सुरक्षित हुने र लगानीकर्ताले गुमाउने अवस्था पनि नआउने पाण्डेले बताए । ‘लगानीकर्ताले १४ खर्ब गुमाइसके । यो राष्ट्रको पनि नोक्सान हो । सरकारलाई राजश्व आउन सक्थ्यो’, पाण्डेले भने ।

प्रकाशित : १७ भाद्र २०८०, आईतवार १७:०४