राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, अब कुन खातामा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, अब कुन खातामा कति ?



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले भदौं १७ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

बैंकले बचततर्फ न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशत ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा ४ प्रतिशतदेखि ४.२५ प्रतिशत, विशेष बचतमा ४.५० प्रतिशत, सुपर बचतमा ४.५० प्रतिशतदेखि ५ प्रतिशत तोकिएको छ ।

यस्तै, एनसिबिएल समुन्नत बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशत, एनसिबिएल प्रिमियम बचतमा ५ देखि ५.२५ प्रतिशत, अनिवार्य बचतमा १० प्रतिशत र क्रमिक बचतमा ९.७५ देखि १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ ।

यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम ९.७५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न शिर्षकमा ९.५० प्रतिशतदेखि १२.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।

प्रकाशित : १७ भाद्र २०८०, आईतवार ११:५३