लिवर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लिवर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए शपथ



काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सो अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए ।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित थिए ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार १६:५४