लघु बीमा मार्फत निर्जीवन बीमा कम्पनीहरुले कमाए २९ लाख बीमा शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघु बीमा मार्फत निर्जीवन बीमा कम्पनीहरुले कमाए २९ लाख बीमा शुल्क



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले लघु बीमा लेखमार्फत २९ लाख २४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ९ वटा निर्जीवन बीमा कम्पनी र २ वटा माइक्रो इन्स्योरेन्स कम्पनी गरी जम्मा ११ कम्पनीहरुले दुइ हजार १५ वटा बीमालेख जारी गरी उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

समिक्षा अवधिमा ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १० वटा लघु बीमा पोलिसी जारी गरी २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, नेशनल इन्स्योरेन्सले ४ वटा बीमा पोलिसी जारी गरी १ हजार बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ६४० वटा लघुबीमालेख जारी गरी १३ लाख १९ हजार बीमा शुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले १३२ वटा बीमा पोलिसी जारी गरी २ लाख ७७ हजार बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले ७४० वटा लघुबीमालेख जारी गरी १ लाख ७२ हजार बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ३० वटा लघुबीमालेख बिक्री गरी ६४ हजार बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी सानिमा जिआइसीले १४४ वटा बीमालेख बिक्री गरी ३ लाख ३८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २१७ वटा लघुबीमालेख जारी गरी ४ लाख ९१ हजार बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ७३ वटा लघुबीमालेख जारी गरी १ लाख ४२ हजार बीमा शुल्क आर्जन गरेको छ । साथै, आलै संचालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्सले साउन महिनामा १७ वटा बीमा पोलिसी जारी गरी ६३ हजार बीमा शुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इनस्योरेन्सले ८ वटा लघुबीमालेख जारी गरी ३२ हजार बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलवार १६:२८