चीन भ्रमणमा जाने पर्यटकहरुले अब कोरोना परीक्षण गर्नु नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

चीन भ्रमणमा जाने पर्यटकहरुले अब कोरोना परीक्षण गर्नु नपर्ने



काठमाडौं । चीन भ्रमणमा जाने पर्यटकहरुले अब कोरोना परीक्षण गर्नु नपर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३०देखि चीन भ्रमण गर्ने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाएको जानकारी दिए ।

सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस ९कोभिड १९० संक्रमण देखा परेको थियो । चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए ।

२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा देखा पर्दै आइरहेको छ । पत्रकार सम्मेलनमा वाङ यीले अगस्ट ३०, २०२३ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताए ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलवार १३:०४