चेक जारी गर्दा सजगता अपनाउन राष्ट्र बैंककाे आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चेक जारी गर्दा सजगता अपनाउन राष्ट्र बैंककाे आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले होसियार भई चेक जारी गर्न आग्रह गरेको छ। वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

‘होसियार भई चेक जारी गर्ने गरौँ’, सूचनामा भनिएको छ, ‘गैरकानुनी लेनदेन नगरौँ।’ पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा संस्था कालोसूचीमा पर्ने घटना पनि बढेर गएको राष्ट्र बैंकले जनाएको छ।

‘चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रस्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नुपर्दछ’, राष्ट्र बैंकले भनेको छ, ‘खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीका रुपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरिदिनेजस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्दछ र कानुनबमोजिमको सजायसमेत हुन्छ।’

प्रकाशित : 29 August, 2023 12:53 pm