सुजुकीको ‘जिम्री’ अब नेपाली बजारमा पनि उपलब्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

सुजुकीको ‘जिम्री’ अब नेपाली बजारमा पनि उपलब्ध



काठमाडौँ । सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको ख्यातिमा थप इँटा थप्न सफल बहु प्रतीक्षित गाडी ‘जिम्री’ अब नेपाली बजारमा पनि उपलब्ध भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी होल्डिंग अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प्स तथा सिजी नेस्जेनले यो गाडीको बिक्री सुरु गरेको हो ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्री “द अल्टिमेट अफ रोदर” को डेलिभरी नेपालभरिका शोरुमहरुबाट सुरु गरेको छ। जिम्री नेपालको सबैभन्दा प्रतीक्षित गाडी मध्ये एक हो। ट्रु अफ–रोड एसयूभी जिम्नीसँग ५० वर्ष भन्दा बढीको विरासत छ। सुजुकी जिम्री अल्टिमेट अफ रोड एसयूभी हो जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । बिक्रेताका अनुसार यसलाई पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभीमा फोर ह्वील प्रणाली,अल गरिप प्रोसंग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्री लिङ्क एक्सल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गरिएको छ ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेकट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ ।

कम्पनीका अनुसार ५–ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिंग पिरियड पनि निकै लामो छ । यो नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरिएको थियो ।

जसको नतिजा स्वरूप भारतमा भन्दा कम वेटिंग पिरियडमा पहिलो ब्याच डेलिभरी नेपालमा सुरु भएको हो । बिक्रेता कम्पनीले नेपाली ग्राहकहरूले नयाँ जिम्नीसँग नयाँ अनुभवहरू सिर्जना गर्ने अपेक्षा गरेको छ । त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्री–केन्द्रित गतिविधिहरू पनि निकट भविष्यमा लन्च गर्ने बताएको छ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार १५:४२