महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा



काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत बनाइएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा Account Opening, KYC Update, New Debit Card, Mobile Banking, Internet Banking, New Locker and Merchant (QR) Request & Dispute Claim जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन् । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार १७:३२