प्राइम कमर्सियल बैंकको सिईओमा संजीव मानन्धर नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राइम कमर्सियल बैंकको सिईओमा संजीव मानन्धर नियुक्त



काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा संजीव मानन्धर नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेका सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बैंकको स्थापना कालदेखि बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । उनको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार १५:५१